सरकारले गर्यो सातै प्रदेशका प्रमुखलाई पदमुक्त

काठमाण्डौ , कात्तिक १७ । सरकारले सातै वटा प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेको छ ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी हुन् । संविधानको धारा १६५ को उपधारा १ (ख) बमोजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको हो ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले २०७४ माघ ३ गते प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो ।

चुनावलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ असोज २० मा चुनावी आचार संहिता जारी भइसकेपछि देउवा सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने निर्णयसमेत गरेको थियो ।

त्यसबेला नै प्रदेश प्रमुखहरुको पद के हुने भन्ने बहस भएको थियो । तर सरकारले यसबारे थप निर्णय गर्न नपाउँदै सर्वोच्च अदालतले मन्त्रिपरिषदको निर्णय अमान्य उल्ट्याइदिएपछि सरकार रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्