फेरि नेपाल आउँदै बलिउड हिरो गोविन्दा

काठमाडौं, कात्तिक १७ । बलिउड अभिनेता गोविन्दा नेपाल आउने भएका छन् । कात्तिक २१ गतेबाट वीरगञ्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।

महोत्सव आयोजक चलचित्र निर्माता संघले उनलाई विशेष अतिथिका रुपमा निमन्त्रण दिएको थियो ।

महोत्सवका लागि गोविन्द नेपाल आउनतय भएको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । गोविन्दाले कार्यक्रममा आफ्नो प्रस्तुति समेत दिने आकाशले जानकारी दिए ।


गोविन्द गतवर्ष काठमाडौंमा आयोजित ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए । उनकी श्रीमती सुनिता आहुजा नेपाली मुलकी हुन् । त्यसैले उनी नेपाललाई आफ्नो ससुराली देश भन्ने गर्दछन् ।


२४ गतेसम्म चल्ने महोत्सवमा नेपाली फिल्मका निर्माता, निर्देशक, कलाकारको उल्लेख्य सहभागिता रहनेछ । महोत्सव राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्