सुनकोशी नदीमा बस खसेको घटनाप्रति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं, कात्तिक १७ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुनकोशी नदीमा बस खसेको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।


सभापति देउवाले प्रेस विज्ञप्ति जारी गरि मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

साथै उनले बेपत्ताहरुको खोजी तथा घाइतेहरुको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरे ।


आइतबार दिउँसो दोलखाको मागा देउरालीबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख नम्बरको बस सुनकोशी नदीमा बस खसेको हो ।

अहिले सम्म मृत्यु हुँनेको संख्या १३ पुगको छ भने घाइतेको उपचार भइरहेको छ । उद्धार अझै जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्