२० जना घाइतेलाई धुलिखेल अस्पताल ल्याइयोः प्रहरीले भन्यो- देउराली बजारबाट बस छुट्दा ३४ जना यात्रु थिए

काठमाडौं, कात्तिक १७ । सुनकोशी नदीमा खसको बस मागादेउराली बजारबाट छुट्दा ३४ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।


बस बिहान ९ बजे छुटेको थियो। ‘मागादेउरालीको देउराली बजारबाट छुट्दा ३४ जना यात्रु रहेकाले हाम्रो रेकर्डमा छ’ ईलाका प्रहरी कार्यालय मागादेउराली, दोलखाका इन्चार्ज सई जयप्रकाश पाण्डेले भने।


बस सिट फुल गरेर हिडेको र बसमा वालबच्चा समेत रहेको उनले जनाकारी दिए। बिचबाटोमा पनि यात्रु चढ्ने भएकाले बसमा चढ्ने यात्रुको संख्या वृद्धि हुन सक्ने प्रहरीको अनुमान छ।

बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस दिउँसो सवा एक बजे सुनकोशी नदीमा खसेको थियो। चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकेटे स्थित अरनीको राजमार्गमा भएको दुर्घटनामा थुप्रै यात्रु हताहती भएको अनुमान गरिएको छ।

शैलुङ्गेश्वरी यातायातको बस दिउँसो सवा एक बजे नदीमा खसेको हो। यसैगरि २० जनाको उद्धार गरिएको छ । घाइतेलाई धुलिखेल अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्