मेडिकल काउन्सिलको अध्यक्षमा कोइराला नियुक्त

काठमाडौं , कात्तिक १७ । मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त भएका छन् ।

उनलाई सरकारले मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरेका हो ।आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको सर्च कमिटीले वरिष्ठ मुटुरोग विशेषज्ञ कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउन सिफारिस गरेको थियो ।

दोस्रो नम्बरमा धर्मकान्त बास्कोटा र तेस्रो नम्बरमा चन्द्रमणि पौडेलको नाम सिफारिस गरिएको थियो ।

तर प्रधानमन्त्री ओलीले बास्कोटालाई उपकुलपति बनाउन चाहेपछि कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्ष बनाइएको हो ।

यद्यपि आइतबार उपकुलपति नियुक्तिबारे निर्णय भने भएको छैन । यस बारे सरकारले कुनै पनि प्रक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्