राजपाद्वारा छठ पर्वको शुभकामना, छठका लागि सुरक्षाव्यवस्था मजबुत

काठमाडौं, कात्तिक १६ । छठपर्वको आज तेस्रो दिन ब्रतालुहरुले साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिँदैछन् । छठ पर्वका लागि तयार पारिएका ठेकुवा, केरा, भुसुवा लागायत विभिन्न प्रकारका फलफलूल तथा प्रसादहरु बोकेर ब्रतालुहरु छठको घाट गइरहेका छन् ।


यस्तै शनिबार विहानै देखि युवाहरु केराका बोट, ध्वजा पताका लगाएर घाट सजाउन व्यस्त छन् । सिरहाका पोखरी, तलाउ, नदी तथा जलासयहरु अहिले वेहुलीझै सिंगारिएका छन् ।


चार दिनसम्म ब्रत बसेर मनाइने छठ पर्वको आज तेस्रो मुख्य दिन (षष्ठी) हो । आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ्दिई रातभर छठ घाटमै जागराम बसेर विभिन्न छठसम्वन्धित गीत संगीत, कथा सुनेर, हेरेर भक्तजनहरु रात विताउने गर्छन्। भोली (आइतबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ सम्पन्न हुने गर्दछ ।


छठ पूजाका लागि गहुँ र चामल ओखल, जाँतो वा ढिकीलाई चोखा नितोगरी कुटान (पिसान गरी त्यसबाट विभिन्न परिकार बनाइएको हुन्छ ।


यसैबीच छठलाई मध्यनजर गर्दै जिल्लाको सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले टठलाई लक्षित गरी विशेष सुरक्षा सतर्कता अपनाइएको जानकारी दिए । उनले सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्न जिल्ला प्रहरी कार्यालयबाट सातसय ५० जना प्रहरी खटाइएको जानकारी दिए ।


प्रत्यक छठका घाटहरुमा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । सिरहामा करिव एक सय ५९ स्थानमा छठ घाटहरु रहेकाले ती सवै ठाउँमा प्रहरी परिचालन गरिएको छ ।

यसैबीच राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले छठ पर्वका अवसरमा शुभकामना दिँदै मुलुकको दिगो विकास, प्रगति र समृद्धिको बाटोमा अग्रसर हुन सबैमा प्रेरणा मिलोस् भनी कामना गरेको छ ।

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आज एक विज्ञप्ति जारी गरेर छठको अवसरमा मुलुकका विद्यमान सारा राजनीतिक समस्याको समाधान भई आर्थिक समृद्धिको यात्रालाई सार्थक बनाउन सबैको ध्यान जानुपर्नेमा जोड दिएका छन् ।


राजपाले छठका अवसरमा विश्वभरि छरिएर रहेका सम्पूर्ण नेपाली तथा मानव जातिको कल्याण तथा सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामनासमेत व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्