उच्च पदस्थको बैंक खातामा कडाइ,अब पाँच लाखको विदेशी मुद्रा सटही गरे पनि जानकारी दिनु पर्ने
काठमाडौं, कात्तिक १६ । उच्च पदस्थको बैंक खातामा कडाइ गरिएको छ । अब पाँच लाखको विदेशी मुद्रा सटही गरे पनि जानकारी दिनु पर्ने प्रावधान ल्याएको हो ।
उच्च पदस्थहरुको बैंक खाता खोल्नका लागि सम्पति शुद्धिकरणका प्रावधानलाई थप कडा पारिएको हो । एकिकृत निर्दे्शिकाको १९ नम्बर प्रावधानलाई संशोधन गर्दै कडाइ गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
उच्च पदस्थ बैंकको सुचना संकलन गर्नु पर्नेमा अब उसैलाई स्वघोषणा गर्न लगाउनु पर्नेछ। यसले बैंकरलाई केही सहज भएपनि खाता खोल्नेलाई भने झन्झटिलो हुनेछ।
त्यस्ता ब्यक्तिको सूचना अन्य निकायमा भए त्यहाँबाट पनि लिनु पर्ने ब्यवस्था गरिएको छ। बैंकरले सरकार वा तोकिएका संस्था तथा निकायबाट कम्तिमा पनि बार्षिक रुपमा सूची माग गरी उच्च ब्यक्तिको सूची तयार पर्नु पर्ने हुन्छ।
उच्च पदस्थ ब्यक्तिका परिवार वा नजिकको सम्बन्ध भएका ब्यक्तिहरुको सूचना तथा जानकारी बैंक तथा वित्तीय संस्थाले जोखिमको आधारमा वा आवश्यकता अनुसार लिनु पर्ने छ। यसले बैंकलाई झन्झट पनि थपेको छ।
१० रुपैयाँभन्दा बढि रकमको कारोबार हुँदा राष्ट्र बैंकमा जानकारी दिने ब्यवस्थालाई यथावत राखि विदेशी मुद्रा सटहीलाई पनि कडाइ गरिएको छ।
कुनै ग्राहकले एकै पटक वा पटक पटक गरी एक दिनमा गरेको ५ लाखभन्दा वढि रकमको नगदमा सटही गरिएको वदेशी मुद्राको कारोबार बारे पनि जानकारी दिनु पर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्