प्रधानमन्त्रीलाई चिकित्सकले भने -बालुवाटारमै डायलासिस मेसिन राख्नुस्

काठमाडौं, कात्तिक १५ । बुधबार ग्राण्डी अस्पताल भर्ना भएर दुई पटक डायलासिस गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सकहरुले बालुवाटारमै डायलासिस मेसिन राख्न भनेका छन् ।

उपचारका लागि बालुवाटारमै डायलासिस मेसिन राख्न सुझाव दिए पनि यद्यपि यसबारे निर्णय भने भइसकेको छैन ।

प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या देखिएको छ । बुधबार ग्राण्डी अस्पताल भर्ना भएका उनको दुई पटक डायलासिस गरेपछि उनी बिहीबार साँझ बालुवाटार फर्किएका थिए ।

चिकित्सकहरुकाअनुसार प्रधानमन्त्री ओलीको अब हप्तामा दुई पटक डायलासिस गर्नुपर्ने देखिएको छ । यद्यपि रगत परीक्षणको रिपोर्ट आउन भने बाँकी नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्