वैदेशिक व्यापार घाटा सुधारोन्मुख : आयातमा कमी , निर्यात बढ्दै

काठमाण्डौ , कात्तिक १५ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (साउन–असोज) अवधिमा नेपालको निर्यात व्यापार वृद्धि गरेको छ ।


यो अवधिमा निर्यात वृद्धि र आयातमा कमीसँगै व्यापार घाटा साँघुरिएको तथ्यांक सरकारले सार्वजनिक गरेको छ


यो अवधिमा निर्यात वृद्धि र आयातमा कमीसँगै व्यापार घाटा साँघुरिएको तथ्यांक सरकारले सार्वजनिक गरेको छ

गएको वर्षको यही अवधिको तुलनामा यो वर्ष १४ प्रतिशतले निर्यात वृद्धि भएको छ । यो आर्थिक वर्षको पहिलो तीन महिनामा २७ अर्ब १६ करोड ६७ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ । गएको वर्ष यही अवधिमा २३ अर्ब ७४ करोड ४९ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको थियो ।

यस्तै आयातमा पनि कमी आएको भन्सार विभागले जारी गरेको तथ्यांकमा उल्लेख छ । निर्यातमा वृद्धि र आयातमा कमी आएसँगै वैदेशिक व्यापार घाटामा सुधार हुन थालेको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ खर्ब ३४ करोड ९४ लाख रुपैयाँ बराबरको विभिन्न सामान आयात भएको छ । गएको वर्ष यही अवधिमा झण्डै ३ खर्ब ७३ अर्ब ५८ करोड रुपैयाँ बराबरको सामान आयात भएको थियो ।

गएको आर्थिक वर्षको तुलनामा यस वर्ष झण्डै १०.३४ प्रतिशतले आयात घटेको विभागको तथ्यांकमा उल्लेख छ ।

आयात घटेर निर्यात बढेसँगै वैदेशिक व्यापार सुधारको बाटोमा रहेको देखिएको छ । नेपालले यस आर्थिक वर्षको पहिलो तीन महिनामा ३ खर्ब ३४ करोड ९४ लाख बराबरको सामान आयात गर्दा २७ अर्ब १६ करोड बराबरको सामान निर्यात गरेको छ ।

यस आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको व्यापार घाटा ३ खर्ब ७ अर्ब रहेको छ ।


१२२ भन्दा बढी मुलुकसँग वैदेशिक व्यापार

तथ्यांक अनुसार अहिले नेपालले १ सय २२ भन्दा बढी मुलुकसँग वैदेशिक व्यापार गर्छ । त्यसमध्ये सबैभन्दा ठूलो व्यापार भारतसँग रहेको छ ।

भारतबाट २ खर्ब ७ अर्ब ४१ करोड रुपैयाँ बराबरको आयात हुँदा १७ अर्ब ८७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

भारतसँग १ खर्ब ८९ अर्ब ५४ करोड बराबरको व्यापार घाटा रहेको भन्सार विभागको तथ्यांक छ । चीनबाट ५९ अर्ब २६ करोड रुपैयाँको आयात भएको छ ।

त्यसबाहेक इन्डोनेसिया, अमेरिका, क्यानडा, यूएइ, फ्रान्स, साउदी अरेविया, थाइल्याण्ड, दक्षिण कोरियालगायत मुलुकबाट धेरै वस्तु आयात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्