बढी लिएको शुल्क समायोजन गर्ने चितवन मेडिकल कलेजको प्रतिवद्धता

काठमाडौं, कात्तिक १५ । बढी लिएको शुल्क समायोजन गर्ने चितवन मेडिकल कलेजको प्रतिवद्धता जनाएको छ ।


कलेजले एमबिबिएस लगायतका विषय अध्ययनरत विद्यार्थीहरुबाट बढी शुल्क लिएको स्वीकार गर्दै समायोजन गर्ने प्रतिवद्धता जनाएको हो ।


कलेजले पत्रकार सम्मेलन गर्दै शुल्क फिर्ता गर्ने प्रतिवद्धता जनाएको हो । सरकारले तोकिदिएको भन्दा बढी शुल्क लिएको भन्दै कलेजमा अध्ययनरत विद्यार्थीहरुले आन्दोलन गर्दै बढी लिएको रकम फिर्ता वा कलेजको शुल्कमा समायोजना हुनुपर्ने माग राखेका थिए ।

बढी लिइएको शुल्कलाई दोस्रो बर्षमा समायोजन गरिने कलेजका प्रवन्ध निर्देशक डा. न्यौपानेले बताए ।


यसरी समायोजन गरिने शुल्क सरकारले राजधानीबाहिरका लागि तोकेको शिक्षण शुल्क ४२ लाख ४५ हजार, त्रि.वि. रजिष्ट्रेशन शुल्क ५००, चिकित्सा शिक्षा अध्ययन संस्थानलाई बुझाउनुपर्ने परीक्षा शुल्क २५००, नेपाल मेडिकल काउन्सिलको दर्ता शुल्क, संस्थागत शुल्क, कम्युनिटी शुल्क, इन्टर्न्सिप शुल्क, आन्तरिक परीक्षा शुल्क, छात्रावास शुल्क र खाना बाहेक मात्रै हुने कलेज प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्