प्रधानमन्त्री ओली आजै डिस्चार्ज हुने , डा. पाण्डे भन्छन् – स्वास्थ्य अवस्थाबारे भन्न नचाहेकै हो

काठमाण्डौ , कात्तिक १४ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै डिस्चार्ज गरिने गाण्डी अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा अस्पतालका मेडिकल डा चक्रराज पाण्डेले बिहीबार बेलुका ८–९ बजेसम्म प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गरिने बताएका छन् ।


साथै ग्राण्डी अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओलीको गोपनियतालाई ध्यानमा राखेर स्वास्थ्य अवस्था जानकारी नगराइएको बताएको छ ।

डाक्टर पाण्डेले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै, ‘पीएम इज पर्फेक्ट्ली फाइन । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य छ।’


डा. पाण्डेले प्रधानमन्त्री पूर्णतया ठीक हुनुहुन्छ भनेर दिमागमा राख्दा हुने उनले जानकारी दिए । स्वास्थ्य असामान्य भएको भए प्रधानमन्त्रीको स्वास्थ्यबारे नागरिकले जान्न पाउने हकअन्तर्गत जानकारी गराइने पनि उनले बताए ।

“हामी सबैले जान्नुपर्ने कुरा के छ भने, प्रधानमन्त्री राम्रो अवस्थामा हुनुहुन्छ, प्रशन्न मुद्रामा हुनुहुन्छ,” उनले भने ।


डाक्टर पाण्डेका अनुसार बिहीबार प्रधानमन्त्री ओलीको दोस्रो पटक डायलाइसिस गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री ओलीको बुधबार पनि डायलाइसिस भएको थियो ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली पछिल्लो एक वर्ष यता निरन्तर स्वास्थ्य जाँचमै छन् । गएको वर्ष असोजमा पनि उहाँलाई महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थेरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पाँच दिन राखेर उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्