त्रिवि जनप्रशासन विभाग प्रमुखलाई विद्यार्थीहरुको अपिल -आफ्नो जिम्मेवारी वहन गर्नु होला

काठमाडौं, कात्तिक १४ । शिक्षक तथा विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जनप्रशासन केन्द्रीय विभागको नवनियुक्त प्रमुख हरिभक्त शाहीलाई आफ्नो जिम्मेवारी वहन गर्न अपिल गरेका छन् ।


शाहीसँग भेटी बधाई ज्ञापन गर्नुका साथै सफल कार्यकालका लागि शुभकामना दिने क्रममा उनीहरुले यस्तो अपिल गरेका हुन् ।

शाहीको नियुक्तिको विरोधमा विद्यार्थी संगठनहरुले विभागको कार्यालयमा तालाबन्दी गरिरहेको बेला शिक्षक तथा विद्यार्थीहरुले यस्तो अपिल गरेको त्रिवि प्राध्यापक संघ जनप्रशासन क्याम्पस इकाई समितिका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले बताए ।


अध्यक्ष श्रेष्ठ, जनप्रशासन केन्द्रिय विभागको एमफिलका उपसंयोजक लक्ष्मीकान्त पौडेल, त्रिवि प्रजातान्त्रिक प्राध्यापक संघका कार्यवाहक अध्यक्ष टेकराज पौडेल, जनप्रशासन क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष पंकज कुमार क्षेत्री र नेपाल विद्यार्थी संघ जनप्रशासन इकाई समितिका अध्यक्ष डीबी थापाले संयुक्त रुपमा शाहीसँग भेटी बधाई ज्ञापन गर्नुका साथै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन् ।


जनप्रशासन क्याम्पसका प्रमुख शाहीलाई अर्को व्यवस्था नभएसम्मका लागि त्रिवि जनप्रशासन केन्द्रिय विभागको प्रमुखको जिम्मेवारी त्रिवि व्यवस्थापनले दिएको हो ।


साथै उनले आफ्नो जिम्मेवारी वहन पुर्णरुपका साथ गर्ने बताएका छन् । आफुले आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने दाबि गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्