महरामाथि जबरजस्ती करणी उद्योगमा मुद्दा चलाउने सरकारी वकिल निर्णय

काठमाडौँ , कात्तिक १४ । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्द बलात्कारको प्रयास गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।


सरकारी वकिल कार्यालय काठमाडौँले महरामाथि जबरजस्तीकरणी उद्योगमा मुद्दा चलाउने निर्णय गरेको छ ।

आफ्नै सचिवालयकी कर्मचारीलाई बलात्कार गर्न खोजेको आरोप लागेका महरामाथि जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गर्ने निर्णय भएको वकिल कार्यालय काठमाडौँका सूचना अधिकारी नूमराज खनालले बाताए । उनका अनुसार महरामाथि आजै अदालतमा मुद्दा दर्ता हुनेछ ।

महरामाथि अनुसन्धान गरी गत शुक्रबार प्रहरीले कैद तथा जरिवाना हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।


मुलुकी अपराधसंहितामा जबरजस्ती करणी उद्योगमा पीडितको उमेर हेरेर सजाय तोक्ने प्रावधान छ । महारा पक्राउ परेदेखि प्रहरीले अनुसन्धान थालेको थियो । यसैबीच महराले रगत दिन नमानेपछि उनको डीएनए परीक्षण पनि भएन ।

प्रतिक्रिया दिनुहोस्