प्रधानमन्त्री ओलीको दोस्रो डायलासिस सकियो, प्रचण्डले भेटे ओलीलाई, भने -आजै बालुवाटार फर्किनुहुन्छ

काठमाडौं, कात्तिक १४ । स्वास्थ्यमा समस्या देखिएपछि बुधबार काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो डाइलासिस सकिएको छ ।

अनुसार उनको दोस्रो डाइलासिस बिहीबार दिउँसो सकिएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको पहिलो डाइलासिस भने बुधबार नै गरिएको थियो । प्रधानमन्त्री ओलीको २०६४ सालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि सिंगापुरमा नियमित स्वास्थ्य परीक्षण गरिरहेका उनको गत महिना प्लाज्मा फेरेसिस गरिएको थियो ।

प्रधानमन्त्रीको उपचार गर्ने अस्पताल र प्रधानमन्त्रीको निजी सचिवालयले प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छैनन् । बुधबार साँझ ग्राण्डी अस्पतालले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र केही परीक्षणको रिपोर्ट आएपछि फर्किने उल्लेख गरिएको थियो ।

यसैबीच प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति बुझ्न नेकपाका प्रचण्ड ग्रान्डी अस्पताल पुगेका छन्।

ओलीसँगको संक्षिप्त भेटपछि प्रचण्डले प्रधानमन्त्री ओलीको दोस्रो डायलासिस सम्पन्न भएको र त्यसपछि उनलाई सामान्य बेडमा सारिने जानकारी पत्रकारलाई दिएका छन्।

दाहालले सम्भवत प्रधानमन्त्री ओली बिहीबार नै डिस्चार्ज भएर बालुवाटार फर्कने समेत बताए । यति बेला उनलाई भेट्नको पनि लर्को लागेको छ ।


नेकपाका नेताहरु भेट्न अस्पतालमै पुग्ने गरेका छन तर कतिपय नेताले अस्पताल पुगे पनि भेट्न नपाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्