देशभरका ४३ स्थानबाट ४ सय ६५ जुवाडे पक्राउ, ३ करोड ३० लाख रुपैया बरामद

काठमाडौं ,कात्तिक १४। प्रहरीले तिहार अवधिभर देशभरका ४३ स्थानमा गरिएको कारवाहीबाट ४ सय ६५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भिआइपी जुवाडे देखि सामान्य जुवाडेसम्म छन । उनीहरुको साथबाट देशभर गरी प्रहरीले ३ करोड ३० लाख रुपैया बरामद गरेको हो ।

प्रहरीले सबै भन्दा बढी रकम राजधानीको महाराजगंजमा गरिएको कारवाही बाट फेला पारेको थियो ।

सो क्रममा २५ जना भिआइपी जुवाडेबाट २ करोड ६७ लाख रुपैयाँ बरामद भएको थियो । तिहार अवधिभर प्रहरी कारवाहीमा पक्राउ पर्नेमा तीन जना महिला जुवाडे समेत छन ।

विभिन्न जिल्लाका जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले चलाएको अपरेसन अन्तर्गत देशभरबाट गरी ३ करोड ३० लाख रुपैया सहित ४ सय ६५ जना जुवाडे पक्राउ परेको नेपाल प्रहरीका डिआइजी एवम् केन्द्रिय प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।

उनले पक्राउ परेका व्यक्तिहरुबाट बरामद रकमको स्रोत तर्फ समेत प्रहरीको ध्यान केन्द्रित भएको र आवश्यक परे सम्पति सुद्धिकरण मार्फत पनि अनुसन्धान हुने जनाए । (राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्