दाङमा बन्यो नेपालकै दोस्रो लामो पुल , निर्माण कार्य सम्पन्न
काठमाडौं, कात्तिक १३ । दाङमा नेपालकै दोस्रो लामो पुल बनेको छ । पुलको निर्माणको काम लगभग सकिएको आयोजनाले जनाएको छ ।
झण्डै एक अर्ब रुपैयाँको लागतमा निर्माण भएको पुलको लम्बाई ८ सय ६० मिटर तथा चौडाई १० मिटर रहेको पुल योजना सेक्टर नम्बर ३ का योजना प्रमुख सुनिलबाबु पन्तले बताए ।
आर्थिक वर्ष २०७२र७३ देखि सुरु भएको निर्माणको काम आर्थिक वर्ष २०७६र७७ भित्र सम्पन्न गरिसक्ने सम्झौता भएको थियो ।पुल निर्माणको काम सकिए पनि त्यहाँसम्म पुग्ने सडक निर्माणको काम भइरहेकाले आउने माघ महिनामा उद्घाटन गरिने पन्तले बताए ।
पुल निर्माण सकिएपछि झण्डै डेढ घण्टा लाग्ने यात्रा १५ मिनेटमै वारपार गर्न सकिने स्थानीयले बताएका छन् ।
राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल निर्माणको काम सकिएको हो । अब पुल बनेसँगै देउखुरीको राप्ती नदी वारपार गर्न सहज भएको छ ।
स्थानीय खुशि पनि भएका छन् । वर्षौदेखि दुखि दुख भोग्दै आएका बासिन्दालाई अब भने सहज उत्पन भएको छ ।
प्रतिक्रिया दिनुहोस्