५ बहिनीको हातबाट भाइटीका ग्रहण गरे प्रधानमन्त्रीले

काठमाडौं ,कात्तिक १२। प्रधानमन्त्री केपी शर्मा ओलीले ५ बहिनीको हातबाट भाइटी ग्रहण गरेका छन् ।

तिहारको मुख्य दिन मंगलबार दिउँसो साढे २ बजे ओलीलाई ५ बहिनीले बालुवाटारमा टीका लगाइदिएका हुन् ।

बहिनीले सप्तरंगी टीका लगाइदिँदै गर्दा प्रधानमन्त्री पत्नी राधिका शाक्य पनि छेउमै थिइन् ।

प्रतिक्रिया दिनुहोस्