पूर्व राजा ज्ञानेन्द्रले लगाए बहिनी शोभाको हातबाट भाइटीका , भने -परिर्वतनकारी शक्तिलाई नै अप्ठ्यारो पर्नसक्छ

काठमाण्डौ , कात्तिक १२ । पूर्व राजा ज्ञानेन्द्र शाहले भाइटीका लगाएका छन् ।

उनलेमंगलबार १० बजेर ५१ मिनेटमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन् । भाइटीकाको शुभसाइत ११ बजेर ५५ मिनेटमा भए पनि उनले त्यसअघि नै टीका लगाएका थिए । पूर्वराजा शाह भाइटीका लगाउन बहिनी शोभाको घर कमलादी पुगेकबा थिए ।

भाइटीकापछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले आजको दिन कसैको कुरा काट्ने र खुट्टा तान्ने दिन नभएको प्रतिक्रिया दिए । कसैको कुरा काट्ने दिन होइन, आज परिवारसँग बसेर रमाइलो र खुशी साट्ने दिन हो ।’ उनले भने।

त्यस्तै नेपाली राजनीतिक परिवर्तनप्रति पनि उनले संक्षिप्त टिप्पणी गर्दै भने , ‘कुनै पनि परिवर्तन हुँदा दुइटा कुरा महत्वपूर्ण हुन्छ प्रवृत्ति र विकास । यो कुरा बुझिएन भने परिवर्तन हुँदैन । सर्वसाधारणले सरल र सहज ढंगले अनुभव गर्ने कुरा नै विकास हो ।’

त्यस्तै लक्ष्मीपूजाका दिन आफूले विशेष रुपमा देश र सम्पूर्ण नागरिकका लागि प्राथना गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्