दुई जना बहिनीसँग भाइटीका लगाउँदै प्रधानमन्त्री ओली
काठमाण्डौ , कात्तिक १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई जना बहिनीसँग भाइटीका लगाउने भएका छन् ।
प्रधानमन्त्री ओलीले बहिनीहरु कौशिला कोइराला र विष्णुमाया ढकालसँग भाइटीका लगाउने भएका हुन् ।
उनका प्रेस संयोजक चेतन अधिकारीका अनुसार दिउँसो साढे १२ बजेपछि बालुवाटारमै भाइटीका लगाउने भएका हुन।
टीकाको उत्तम साइत एघार बजेर पचपन्न मिनेटका लागि तोकिएको भए पनि आज दिनचर नै भाइटीका लगाउन मिल्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्