अर्घाखाँचीमा बस दुर्घटना, १४ घाइते ,पाँचको अवस्था गम्भीर

काठमाडौं, कात्तिक ११ । अर्घाखाँचीमा बस दुर्घटना हुँदा १४ घाइते भएका छन भने पाँचको अवस्था गम्भीर रहेको छ ।


। शितगंगा नगरपालिकास्थित जुकेनामा सोमबार साँझ बस दुर्घटना भएको हो । दुर्घटनामा परी १४ जना घाइते भएका छन् ।

शितगंगाको ठाडाबाट, जलुकेका लागि छुटेको लु २ ख ६६१ नम्बरको बस जुकेनाको रातामाटामा ब्रेक फेल भएर दुर्घटना भएको हो । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।

घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्