धारिलो हतियार प्रयोग गरि भारतमा तीन नेपाली मजदूरको हत्या

काठमाडौं, कात्तिक११ । भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या गरिएको छ ।

कात्तिक ८ गते हत्या भएपनि उनीहरुको आइतबार मात्रै थाहा भएको हो।

पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहराले बताएका हुन्।

’उनीहरुलाई धारिलो हतियारले काटेर हत्या गरिएको खबर प्राप्त भएको छ’, उनले भने। हरे र बीरा सहदोर भाइ हुन्।
उनीहरुले पिथौरगढको सिलौलमड भन्ने ठाउँमा गएको डेढ वर्षयतादेखि मजदूरी गर्दै आइरहेका थिए। हरे बोहराकी श्रीमती किर्रा फरार रहेकीले यो घटनामा उनको संलग्नता हुनसक्ने आशङ्का गरिएको उपप्रमुख बोहराले बताएका छन्।

बीरा केही महीना अघि मात्रै दाजुभाउजूलाई भेट्न पिथौरागढ गएकामा उनी पनि उतै मजदूरी गर्दै आएका थिए। हत्या कसले गरेको हो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्