हेलो सरकारसँग एक हजार बढी जनगुनासो, धेरैजसो यातायात क्षेत्रको

काठमाडौं, कात्तिक ११ । सरकारले सर्वसाधारणको गुनासो सुन्न सञ्चालनमा ल्याइएको गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सरकार’ मा एक हजार भन्दा बढि जनगुनासोको चाङ लागेका छन् ।

हेल्लो सरकारकी शाखा अधिकृत हरिकला आचार्यले विभिन्न सामाजिक सञ्जालमार्फत् चालू आर्थिक वर्षको हालसम्म जम्मा १ हजार ८७ वटा गुनासो हेलो सरकारमा आएको जानकारी दिएकी हुन् । त्यसमध्ये १५६ वटा जनगुनासो मात्रै सम्बोधन गरिएको छ । ३२८ वटा गुनासो भने अध्ययनको प्रक्रियामा रहेका छन् । ती गुनासोहरु सम्बन्धित निकायमा फरवार्ड गरिएको पनि हेलो सरकारकी शाखा अधिकृत आचार्यले बताइन् ।

हेल्लो सरकारमा धेरैजसो यातायात क्षेत्रको बेथितिबारे गुनासो आउने गरेको छ । त्यसैगरी विकास, निर्माण र सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्याबारे पनि गुनासो आउने गरेको हेला सरकारले जनाएको छ । शाखा अधिकृत आचार्यका अनुसार सार्वजनिक सेवा प्रवाहमा जनताले हैरानी व्यहोर्नु परेको गुनासो पनि धेरै आउने गरेका छन् ।

सरकारले जनताको गुनासो तत्काल सम्बोधन हुने गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय मातहत रहने गरी सो गुनासो सम्बन्धन गर्न हेला सरकार गुनासो व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको हो । यस प्रणालीले जनताको गुनासोलाई अभिलेखिकरण गरी सम्बन्धित निकायमा समस्या समाधानका लागि फरवार्ड गरिदिने काम गर्दछ ।

प्रतिक्रिया दिनुहोस्