यो वर्षको तिहारलाई ५ अर्बको सामग्री आयात, सबैभन्दा बढी स्याउ

काठमाडौं,कात्तिक ११ । तिहारलाई ५ अर्बको सामग्री आयात भएको छ । सबैभन्दा बढी स्याउको आयात भएको देखिएको छ ।
पछिल्ला तीन महिनामा तिहार लक्षित ५ अर्ब ९ करोड रुपैंयाँको सामग्री आयात भएको हो ।

सो अवधिमा भाइटीकाका लागि चाहिने बदाम, काजु, किसमिस, स्याउ, सुन्तलालगायत बस्तुको आयात भएको भन्सार विभागको तथ्याकं छ । अघिल्लो बर्षको सोही अवधिको तुलनामा यो १ अर्ब ३४ करोड रुपैंयाँले बढी हो ।

गत आर्थिक बर्षको पहिलो ३ महिनामा ३ अर्ब ७५ करोड रुपैंयाँको तिहार सामाग्री आयात भएको थियो ।

ती सामाग्री, भारत, चीन, थाइल्याण्ड, अमेरिका, क्यानाडालगायतबाट आयात भएको विभागले जनाएको छ ।

सबैभन्दा बढी स्याउको आयात भएको छ । तीन महिनाको अवधीमा १ अर्ब ९८ करोड ७२ लाख रुपैंयाँको स्याउ आयात भएको छ ।

अघिल्लो बर्षको तिहारमा १ अर्ब ७२ करोड रुपैंयाँको स्याउ आयात भएको तथ्यांकमा छ । (कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्