डा. केसीविरुद्ध मुद्दाको बहस : प्रधानन्यायाधीश पराजुलीलाई इजलासमा झिकाउन माग

काठमाडौं । अदालतको अपहेलना सम्बन्धि डा.गोविन्द केसीको मुद्दामा वहस जारी छ । बहसका क्रममा प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पनि इजलासमा झिकाउन र उनी माथि लागेका आरोपबारे छानविन गर्न माग गरिएको छ ।

डा केसीका वकिलहरुले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पनि इजलासमा उपस्थित गराउन माग गरेका छन् ।

डा. केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको बहस सर्वोच्चमा न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा भइरहेको छ ।

अदालतमा बयानका क्रममा र इजलासमै डा. केसीले पराजुलीमाथि गम्भीर आरोप लगाएका छन् । डा. केसीको तर्फबाट बहस गर्ने वकिलहरुले प्रधानन्यायाधीशलाई पनि बेञ्चमा झिकाउन माग गरेका छन् । अधिवक्ता दिनेश त्रिपाठीले पराजुलीलाई इजलासमा झिकाएर आफ्ना कुरा राख्न दिनुपर्ने बताए ।

साथै प्रधानन्यायाधीशमाथि लागेको आरोपहरुबाट छानविन गर्नुपर्ने केसीका वकिलहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस्