प्राधिकरण सात अर्ब रुपैयाँ नाफामा छ, अब लोडसेडिङको अन्तय हुन्छ : कुलमान

काठमाडौं, कात्तिक ९ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वार्षिक रुपमा नौ अर्ब घाटामा रहेको प्राधिकरणले अहिले सात अर्ब रुपैयाँ नाफा कमाएको बताएका छन्। प्राधिकरणले अहिले नाफामा रहेको बताउँदै उनले अब लोडसेडिङको अन्त्य भएर जाने बताएका छन् ।


धुलिखेल उद्योग वाणिज्य सङ्घ धुलिखेलले शुभदिपावली, नेपाल संवत ११४० र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमा उनले यस्तो बताएका हुन् ।


प्राविधिक र व्यवस्थापकीय क्षेत्रमा सुधार गर्दा विद्युत्भार कटौती अन्त्य गर्न सफल भएको दावी गर्दै उनले आगामी वर्ष दश अर्ब नाफामा र्पुयाउने र यस वर्षमा ४० वटा जिल्लालाई पूर्ण विद्युत् सेवा पुगेको जिल्ला घोषणा गर्ने तयारीमा रहेको उल्लेख गरे ।


सरकार, ऊर्जा मन्त्रालय र सबैको प्रयासले लोडसेडिङ अन्त्य गर्न सकेको उल्लेख गर्दै उनले अब भएको विद्युत्लाई उपभोग गर्न आम उपभोक्तालाई आग्रह गरे। तीन वर्षमा १२ लाख ग्राहक बनाउन सफल भएको उनले बताए।

उनले अब विद्युत् नै नपुगेको ठाउँमा विद्युत् र्पुयाउने अभियानमा लागेको विद्युत् प्राधिकरण अझैपनि ४० प्रतिशत विद्युत् सेवा र्पुयाउन बाँकी रहेको काभ्रेपलाञ्चोक जिल्लालाई आगामी दुई वर्षमा सत्प्रतिशत विद्युत् सेवा र्पुयाउने बताए।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले बस्ती विस्तार गर्नुभन्दा पहिला नै सरकारले सबै प्रकारको विकासको व्यवस्थापन नभएका कारणपछि गर्ने काममा निकै समस्या निम्तने गरेको बताए।

प्रतिक्रिया दिनुहोस्