इजलासमै डा.के.सी.ले भने, ‘प्रधानन्यायाधीशनै भ्रष्ट र माफिया’

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान का प्रा. डा. गोविन्द के.सी.ले सर्वोच्च अदालतको इजलासमै प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुली भ्रष्ट र माफिया भएको बताएका छन् ।

डा. के.सी. विरुद्ध परेको अदालतको अवहेलना मुद्दामा सर्वोच्चका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा भइरहेको बहस डा. के.सी.ले यस्तो कुरा बताएका हुन्।

सुनुवाईका क्रममा डा. के.सीले इजलासमा उपस्थित भएर आफ्नो धारणा राखेका छन् । आफू रैती नभई एक सार्वभौम देशको सचेतक नागरिक भएको र संविधान प्रदत अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेको दावी गरे ।

उनले अदालतको अवहेलना आफुल्े नगरेको दावी गर्दै उनले प्रधानन्यायाधीश पराजुलीले नै अदालतको अवहेलना गरेको जिकीर गरे ।

 

प्रतिक्रिया दिनुहोस्