उद्योग परिसंघ र एनआरएनबीच समझदारी
काठमाडौं, कात्तिक ८ । नेपाल उद्योग परिसंघ र गैरआवासीय नेपाली संघ (एनआरएन)बीच समझदारी भएको छ ।
नेपालमा लगानी प्रवर्द्धन गर्ने तथा विदेशमा नेपाली उत्पादनको प्रवर्द्धन गरी निर्यात व्यापार अभिवृद्धि गर्नेमा सहमति गरिएको हो ।
यसका लागि उद्योग परिसंघ र गैरआवासी नेपाली संघले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
सहमतिपत्रमा परिसंघका अध्यक्ष सतिशकुमार मोर र संघका नवनिर्वा्चित अध्यक्ष कुमार पन्तले हस्ताक्षर गरेका हुन् ।
सहमतिसैगै अब नेपालमा लगानी प्रवर्द्धन बढ्र्ने तथा विदेशमा नेपाली उत्पादनको प्रवर्द्धन गरी निर्यात व्यापार अभिवृद्धि गर्ने अपेक्षा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्