‘क्यार’ चक्रवातको आंशिक प्रभाव नेपालमा , हावाहुरीसहित वर्षा हुने सम्भावना
काठमाण्डौ , कात्तिक ८ । अरब सागरमा बनेको ‘क्यार’ नामक चक्रवातको आंशिक प्रभावmे अहिले नेपालमा बद्ली भएको छ । यसकै प्रभावका कारण काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम बद्ली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
चक्रवातको आंशिक प्रभावका कारण पूर्वी क्षेत्रका झापा, मोरङलगायतका ठाउँमा हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसमविद् मन्जु बासीले जानकारी दिईन ।
उनका अनुसार प्रदेश १ र प्रदेश ३ का हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपातकोे अनुमान गरिएको छ । चक्रवातको आंशिक मात्रै प्रभाव भएकाले ठूलो हावाहुरीसहित वर्षा हुने सम्भावना नभएको मौसमविद्ले बताएका छन् ।
चक्रवातको प्रभाव पूर्वतर्फ सरिरहेकाले काठमाण्डौ उपत्यका लगायत मध्य क्षेत्रको मौसम भोली र पर्सि खुल्ने छ ।
तर पूर्वी क्षेत्रमा भने भोलि पनि बद्ली भई केही ठाउँमा हल्का पानी पर्ने मौसमविद् मन्जु बासीले बताइन । अहिले प्रदेश १, २ र ३ का धेरै ठाउँमा मौसम बद्ली भएको छ ।
यसको प्रभाव केही दिनसम्म जारी रहने छ । महाशाखाले बाँकी भूभागहरुमा मौसम सामन्यतया सफा रहने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्