नेपाल राष्ट्र बैंकमा जागिरको अवसर, माग्यो ६७ जना कर्मचारी
काठमाडौं, कात्तिक ८ । नेपाल राष्ट्र बैंकमा जागिरको अवसर खुलेको छ । बैंकले तीन वटा पदमा ६७ जना कर्मचारी माग गरेको छ।
अधिकृत तृतीय स्तरको सहायक निर्देशक पदमा २८ जना, अधिकृत तृतीय स्तरकै लेखापरीक्षणतर्फ ८ जना र सहायक द्धितीय पदका लागि ३१ जना कर्मचारी माग गरेको हो।
सहायक निर्देशक पदका लागि तोकिएको विषयमा स्नातकोत्तर गरेको हुनु पर्नेछ। त्यस्तै लेखापरीक्षण तर्फको पदका लागि सिए उत्तीर्ण गरि स्नातकोत्तर गरेको हुनु पर्छ।
यसैबिच सहायक द्वितीय स्तरको पदका लागि प्लस टु उत्तीर्ण गरेको हुनु पर्छ। योग्याता पुगेका नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको वेवसाइटमा गएर अनलाइन आवदेन दिन सक्ने छन्।
आवेदकले शुक्रवारदेखि मंसिर ५ गतेसम्म आवदेन दिन सक्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्