बजारमा तिहारको चहलपहल बढ्यो ,किनमेल गर्नेको घुइचो

काठमाडौं, कात्तिक ८ । तिहार नजिकिँदै गर्दा बजारमा चहलपहल बढेको छ ।
तिहारका लागि किनमेल गर्न मानिसहरु बजार धाइरहेका छन्।

काठमाडौंको असन, इन्द्रचोक र महाबौद्ध लगायतका बजारमा तिहारका लागि भाइमसला, फूल र बत्ति लगायत विभिन्न वस्तुहरु खरिद गर्न आउनेको भीड बढेको छ।


काठमाण्डौको मुख्य बजार असन, इन्द्रचोक, मख्खन चोकमा अझ बढी चहलपहल देख्न सकिन्छ । तिहारका लागि चाहिने सामान किन्नेदेखि बजार हेर्न आउने मानिसको भिडले हिँडिसक्नु छैन ।
सडकदेखि पसल, घरसम्म झकिझकाउ र झिलिमिली पार्ने काम बढ्दैछ ।

बजारमा भाइ मसला, विभिन्न रंग, फूलमाला, कपडासम्मको रौनकले थप चहलपहल बढेको छ । तिहारमा टीका लाउनरलगाउन जानेहरुले त सप्तरंगी टीकादेखि भाइ मसलासम्म किन्न भ्याइसके ।

नेपालीहरुले मनाउने दोस्रो प्रमुख तिहार आज बेलुकीबाट विधिवत् रुपमा शुरु हुँदैछ।

प्रतिक्रिया दिनुहोस्