भण्डारी र श्रेष्ठको इजलासमा डा. केसीको बहस सुरु

काठमाडौं । अदालतको अवहेलना अभियोगमा गिरफ्तार भएका डा गोविन्द केसीको मुद्दामा बहस सुरु भएको छ । न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र बमबहादुर श्रेष्ठको इजलासमा बहस सुरु भएको हो ।

मुद्दाको पक्ष र विपक्षमा वकिलले बहस गरेपछि सुनुवाई हुनेछ । अदालतको अवहेलना गरेको ठहरिएमा एक वर्ष जेल सजाय वा १० हजार जरिवाना वा दुवै हुने व्यवस्था छ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिनमा प्रा डा शशी शर्मालाई पुनर्बहाली गराउने सर्वोच्च अदालतको फैसलाको विरोधमा प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरी उनले सोमबार अनशन सुरु गर्नुभएको थियो ।

उनलाई सोमबार नै अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाटै पक्राउ गरेको थियो । बयानको क्रममा डा केसीले आफूले अदालतको अवहेलना गरेको नभई फैसलाको मात्र आलोचना गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्