नियमावली दराजमा, आफ्नै जिम्मेवारी अलपत्र पार्दै अधिकांश मन्त्रालय

काठमाडौं, कात्तिक ८ । आफ्नै मन्त्रालयको जिम्मेवारीलाई अधिकांश मन्त्रालयले अलपत्र पार्दै आइरहेका छन् । कार्य्िवभाजन नियमावलीले हरेक मन्त्रालयको काम र जिम्मेवारी निर्धारण गरिदिएको छ । यो हरेक मन्त्रालयको मुख्य मार्ग्िनर्देशक सिद्धान्त पनि हो ।

तर, यही जिम्मेवारीलाई मन्त्रालयहरूले अलपत्र पार्दै आइरहेका हुन् । कतिपय मन्त्री र सचिवले त आफ्नो मन्त्रालयको कार्य्िवभाजन के हो भन्नेबारेमा समेत राम्ररी जानकारी नै नराख्ने गरेको समेत पाइएको छ ।

मन्त्रालयका महाशाखा तथा शाखामा कार्यरत अधिकांश कर्मचारीसमेत आफ्नो मन्त्रालयको कार्य्िवभाजनबारे अनविज्ञता प्रकट गर्ने गरेका छन् ।

तत्कालीन सरकारले २०७४ साल चैतमा कार्य्िवभाजन नियमावली जारी गर्दै मन्त्रालयको जिम्मेवारी निर्धारण गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सो जिम्मेवारीसहितको कार्य्िवभाजन सबै २१ वटै मन्त्रालयमा पठाए पनि मन्त्रालयमा ती कार्य्िवभाजन नियमावली त्यसै थन्काएर राख्ने गरिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्