चलचित्र ‘मिस्टर नेपाली’को ट्रेलर सार्वजनिक, भुवन केसी देखिए यस्तो अवतारमा

काठमाडौैं , कात्तिक ७ । नेपाली कथानक चलचित्र ‘मिस्टर नेपाली’को ट्रेलर सार्वजनिक भएको छ ।

देभ भुषालको निर्देशन रहेको चलचित्रको ट्रेलर आज एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

ट्रेलरमा चलत्रिका मुख्य कलाकार फिचर्ड छन् । कात्तिक २९ गते रिलिज हुने चलचित्रमा भुवन केसी, सरोज खनाल, रिमा विश्वकर्मा, कमलमणि नेपाल लगायत चलचित्र मुख्य भूमिकामा छन् ।
ट्रेलरमा भुवन केसी खलनायकको गेटअपमा देखिएका छन् ।

अभिनेता भूवन केसीको दोहोरो भूमिका रहेको फिल्मको ट्रेलरमा केसी भिलेनको रुपमा देखिएका छन् ।

विदेशमा बस्ने नेपालीको देशप्रतिको माया, गाउँमा राजनीतिलाई टेकेर हुने शोषण आदि विषय फिल्ममा देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्