निर्वाचन आयोगले गर्यो ६ बुँदे निर्वाचन आचारसंहिता जारी

काठमाडौं, कात्तिक ७ । निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि ६ बुँदे आचारसंहिता जारी गरेको छ ।

आयोगले आज एक विज्ञप्ति जारी निर्वाचन आयोग ऐन अन्तर्गत शुक्रबारबाट लागू हुनेगरी ६ बुँदे आचारसंहिता सार्वजनिक गरेको हो ।

विज्ञप्तिमा राजनीतिक दल र उम्मेद्वारका हकमा आचारसंहिता लागू हुने मितिदेखि अन्तिम निर्वाचन परिणाम नआउन्जेलसम्म सामान्य आचारण र विषयगत आचरणका विषयहरु लागू हुने जनाइएको छ ।

यसैबीच निर्वाचनका लागि यति बेला नेता तथा कार्यक्रता दौडधुपमा रहेका छन् । उम्मेदपारी तथा अन्य कार्यमा व्यस्त रहेका नेताहरुले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्