सामाजिक सुरक्षा योजनाको समय सरकारले एक महिना थप्यो

काठमाडौं, कात्तिक ७ । सरकारले सामाजिक सुरक्षा योजनाको समय थप एक महिना थप्ने तयारी गरेको छ । आज सामाजिक सुरक्षा कोषद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत एक महिना थप्ने जानकारी दिएको हो ।

सुरक्षा योजना अन्तर्गत हालसम्म ८ हजार ८ सय १८ रोजगारदाता र १ लाख ९ सय ६८ योगदानकर्ता सुचिकृत भएको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा जनाइएको छ भने ७ करोड ६५ लाख बढी योगदान संकलन गरिएको दाबी गरिएको छ ।

गत साउन १ गतेबाट कार्यान्वयनमा आएको यो योजना कार्यान्वयण गर्न कोषमा सूचीकरण गराउने सन्दर्भमा काठमाडौं,पोखरा, बुटवल र विराटनगरमा कोष, रोजगारदाता र ट्रेड युनियनको त्रिपक्षीय सहभागितामा अभिमुखीकरण कार्यक्रमहरु समेत सम्पन्न भएको जनाइएको छ ।

सुरक्षा योजना अन्तर्गत कोषले सोही योजना अन्तर्गत दुर्घटनामा परेका केही कर्मचारीहरुलाई एकमुष्ठ सुरक्षा भत्ता उपलव्ध गराइसकेको समेत जनाएको छ । सुरक्षा योजनाको समयवधि असोज मसान्तमा सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्