देवः विकास बैंक १८ करोड हिनामिना प्रकरण : पाँच जना कारागार चलान
काठमाडौं, कात्तिक ७ । दाङको नारायणपुरमा रहेको तत्कालीन वेष्टर्न डेभलभमेन्ट बैंक अहिलेको देवस् विकास बैंकको रकम हिनामिना आरोपमा पाँच जनालाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ । बाँकी आठ जनालाई धरौटीमा छोडिएको छ । उच्च अदालत तुलसीपुरको वाणिज्य इजलाशले बुधबार यस्तो फैसला गरेको हो ।
उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश रमेश पोखरेल र न्यायधीश ऋषिराज दवाडीको संयुक्त इजलाशले यस्तो फैसला गरेको हो ।
अदालतले तत्कालीन वेष्टर्न बैंक नारायणपुर शाखा प्रमुख समिर बुढाथोकी, बैंकका कर्मचारी अनिल न्यौपाने र खातावाल वसन्तबहादुर बुढाथोकी, झगबहादुर डाँगी र विजय गुप्तालाई पूर्पक्षका लागि कारागार चलान गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङले बैंक रकम हिनामिनामा संलग्न ५६ जनाविरुद्ध अदालतमा मुद्धा दर्ता गरेको छ ।
प्रतिक्रिया दिनुहोस्