प्रधानमन्त्री ओली आज अजरबैजान जाने, भ्रमण कार्यक्रम यस्तो छ

काठमाडौं ,कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रका प्रमुखहरूको शिखर सम्मेलनमा भाग लिन आज अजरबैजान जाँदै छन् ।

प्रधानमन्त्री ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) राष्ट्रहरुका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरुको शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन ।

प्रधानमन्त्री ओलीले कात्तिक ९ गते सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले विभिन्न देशका राष्ट्र प्रमुखहरूसँग भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, परराष्ट्रका सचिव शंकरदास बैरागीलगायत पनि भ्रमण टोलीमा रहने छन् । प्रधानमन्त्री ओली कात्तिक १० गते आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्