साताको चौथो दिन सेयर बजारमा हरियाली

काठमाडौं , कात्तिक ६ । साताको चौथो दिन सेयर बजारमा हरियाली छाएको छ ।
चौथो दिन सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा हरियाली छाएको हो ।

आज नेप्से ७ अंकले बढेर एक हजार एक सय ४२.६० अंकमा पुगेको हो । नेप्से बढेको दिन सेन्सिटिभ इन्डेक्स पनि १.६८ अंकले बढेर २ सय ५०.१७ अंकमा पुगेको छ ।

नेप्से बढेको दिन बजारमा १५३ कम्पनीका ६ लाख ४ हजार ७२८ कित्ता सेयर १६ करोड ३७ लाख ५७ हजार ८४७ रुपैयाँमा कारोबार भए । बजारमा कारोबारमा आएका ११ वटै समूहगत उपसुचक उकालो लागेका छन् । आज जीवन बिमा समूह सर्वा्धिक ४८.२८ अंकले उकालो लागेको हो ।
बजारमा प्रभु बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो ।

कम्पनीको सेयर २ करोड ७२ लाख १६ हजार ३७६ रुपैयाँका कारोबार भएको हो । यस दिन नेको इन्स्योरेन्सका लगानीकर्ताले सर्वा्धिक ५.९८ प्रतिशत सेयर मूल्य कमाए । त्यसैगरी, दिब्यश्वरी हाइडा«े पावरका लगानीकर्ताले सर्वा्धिक ५.३५ प्रतिशत सेयर मूल्य गुमाए ।

प्रतिक्रिया दिनुहोस्