लोकदोहोरी गायक याम क्षेत्रीकोे बिहे यसरी भयो (भिडियो सहित)

काठमाडौं। सुमधुर आवाजकी धनि लोकदोहोरी गायिका देवि घर्ती र सदावहार लोकप्रिय गायक याम क्षेत्रीको आवाजमा रहेको लम्जुङ्गे मायालाई पर्वते बनाउछु’ गीत भिडियोसहित सार्बजनिक भएको छ । लोकदोहोरी गायक क्षेत्रीको आफ्नै बिबाहमा छायांकन गरिएको उक्त गीतमा प्रलाद सुबेदीको शब्द रहेको गीतमा बसन्त थापाको संगीत रहेको छ ।

दिलिप रेग्मीको निर्देशन रहेको गीतमा शम्भु चालिसेको छायांकन रहेको छ, भने सुजन शाहीको सम्पादन रहेको छ ।

गीतमा ५० भन्दा बढी लोक तथा आधुनिक गीतमा सफल अभिनय गरिसकेका चर्चित मोडल तथा सर्जक श्यारोन रेग्मी संगै दिलिप रेग्मी, प्रलाद सुबेदी,कविता, रबिना, र संगीताले कम्मर मर्काएका छन् । निकै राम्रो मिठो बनेको गीतमा गायक क्षेत्रीकै बिबाहका झलकहरु देख्न सकिन्छ । ‘

प्रतिक्रिया दिनुहोस्