मंंगलबार नेप्सेमा सामान्य सुधार

काठमाडौं, कात्तिक ५ । नेप्सेमा मंगलबार सामान्य सुधार देखिएको छद । आईतबार र सोमबार घटेको पुँजीबजारमा सोमबार भने सामान्य अंकको सुधार देखिएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार परिसूचक २ दशमलव ४० अंकले बढेर १ हजार १ सय ३४ दशमलव ७९ अंकमा कायम भएको छ।


मंगलबार १ सय ५५ वटा कम्पनीको ६ लाख ४५ हजार ४ सय ५३ कित्ता सेयर ३ हजार २ सय ३५ पटक खरिदबिक्री हुँदा १६ करोड ५२ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सेन्सेटिभ परिसूचक शून्य दशमलव ५० अंकले बढेर २ सय ४८ दशमलव ४९ अंकमा कायम भएको छ।

होटल समूह, वित्त समूह, निर्जीवन बिमा समूह, अन्य समूह र म्युचुअल फन्ड समूहको उपसूचक क्रमशः ७ दशमलव ९९, शून्य दशमलव ३, १७ दशमलव ७१, ३ दशमलव ४३ र ० दशमलव ०१ अंकले घटेको छ।

त्यस्तै बैंकिङ, विकास बैंक, जलविद्युत, उत्पादन, लघुवित्त र जिवन बिमा कम्पनीको उपसुचक क्रमशः ४ दशमलव ४५, १ दशमलव ६२, १ दशमलव ३७, ९दशमलव ४५, १ दशमलव २७ र १९ दशमलव ०६ अंकले बढेको छ।

कारोबार रकमका आधारमा नविल बैंक लिमिटेडको सबैभन्दा धेरै १ करोड ३२ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सबैभन्दा धेरै लक्ष्मी ईक्विटि फण्डका लगानीकर्ताले प्रतिकित्ता ५ दशलमव ३० प्रतिशले कमाएका छन भने सबैभन्दा धेरै गुमाउनेमा एभरेस्ट बैंक लिमिटेड कन्भर्टेबल प्रिफेरेन्सका लगानीकर्ताले प्रतिकित्ता ४ दशमलव ९६ प्रतिशतका दरले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्