अन्तत : दुर्गेश थापाले युट्युबबाट हटाए तिहार सम्बन्धी गीत

काठमाडौँ , कात्तिक ५ । गायक दुर्गेश थापाले तिहार सम्बन्धी गीत आफ्नो युट्युब च्यानलबाट हटाएका छन् । तिहारको उच्छ्रिङ्खल गीत गाएको भन्दै उजुरी परेपछि प्रहरीले गायक दुर्गेश थापालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । प्रहरीकै नियन्त्रणमा हरेका गायक थापाले युट्युबबाट गीत हटाएका हुन् ।

‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीतमा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी परेको थियो ।

जिल्ला प्रशासन कार्यालयले महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेर अनुसन्धान गर्न भनेको थियो । दुर्गेशलाई बालाजुबाट नियन्त्रणमा लिएर महाशाखाको ल्याइएको प्रहरीले जनाएको छ ।

तिजका बेला सार्वजनिक गरेको गीत बिच्च बिचमा बाट उनी चर्चामा आएका हुन्।

प्रतिक्रिया दिनुहोस्