चिसोले कठाङग्रिएर रौतहटमा फेरी एकै दिन थप तीन जनाको मृत्यु

काठमाडौं । चिसोले कठ्याङ्ग्रिएर हिजोराति रौतहटमा थप तीन जनाको मृत्यु भएको छ । केहि दिन अघि देखि बढेको अत्याधिक चिसाले कठ्याङिग्रएर थप तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो सँगै अब रौतहटमा अहिलेसम्म चिसोबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । चिसोले कठ्याङिग्रएर स्थानीय गुजरा नगरपालिका वडा नम्बर ७ पलटुवा निवासी ४२ वर्षीया महिला फूल कुमारी देवी पासवान, राजदेवी नगरपालिका वडा नम्बर ९ ब्रह्मपुरी निवासी ७४ वर्षीय बृद्ध अलख प्रसाद सिंह र दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ निवासी ६० वर्षीया महिला चकली देवी पासवानको मृत्यु भएको रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राम कुमार दानीले जानकारी दिए ।

यसअघि रौतहटमा चिसोले ५ जनाको मृत्यु भैसकेको छ । विगत दुई हप्तादेखि बढेको शीतलहर र चिसोले गर्दा जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ । बाक्लो हुस्सु र कुहिरोको कारण सर्वसाधारणको दैनिक कामकाज समेत प्रभावित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्