सरकारले अब कायपलट गर्छ: प्रधानमन्त्री ओली, नागढुंगा– सिस्नेखोला सुरुङमार्गको शिलान्यास

काठमाडौं, ४ कार्तिक । नागढुंगा– सिस्नेखोला सुरुङमार्गको शिलान्यास भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सुरुङमार्गको नयाँ युगमा प्रवेश गरेको बताएका छन । सोमबार नागढुंगा सुरुङमार्गको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले समयमै काम सक्न पनि निर्देशन दिंदै यसप्ीत आफु विश्स्त भएको बताए । उनले अघि भने, ‘अब हामी मात्र साढे ३ वर्ष पर्खिनुपर्छ । देशले विकासमा कायपलट गर्छ ।’
उनले ठेकदार कम्पनीलाई पनि समयमै काम सम्पन्न होस् भनि निर्देशन दिंदै नेपालभित्र काम जिम्मा लिएर समयमा नगर्ने देखिएको भए पनि जापानी कम्पनीले समयमै काम गर्ने गरेको अनुभव रहेको बताए ।

प्रधानमन्त्रीले टोखा–छहेर, बेत्रावती –स्याफ्रुवेशी सुरुङमार्गलाई अगाडि बढाउन लागिएको उनले बताए । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा यो सुरुङमार्गबारे अध्ययन गर्ने समझदारी भएको थियो ।

प्रधानमन्त्री ओलीले आफ्नो सरकारको पालामा इतिहासमा कहिल्यै नभएका ठूला काम भएको दाबी गर्दै भने, ‘१६०० किलोमिटर त सडक कालोपत्रे मात्र गरिएको छ । २४३ पक्की पुल र दुई सय हाराहारी झोलुंगे पुल बनेको छ । हामीले बाटाहरु मात्र बनाइरहेका छैनौं । एयरपोर्टहरु बन्दैछ । फास्ट ट्र्याक बन्दैछ, हुलाकी राजमार्ग सकिनै लागेको छ ।’ अधिकांश समय सरकारको कामको चर्चा गरेका बैंक खाता, जेष्ठ नागरिकको स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोष लगायतका कार्यक्रम सरकारको उल्लेनीय काम भएको बताए ।

आफूले पानी जहाजको कुरा गर्दा कतिपयले खिल्ली उडाए पनि अहिले कोलकाताबाट विराटनगर नजिकसम्म पानी जहाजमा साउन आउन थालेको प्रधानमन्त्री ओलीले दावी गरे । सप्तकोसीमा सानो भए पनि पानी जहाज चलेको भन्दै प्रधानमन्त्रीले २० मिनेटमा सुनसरीबाट भोजपुर पुग्न सकिने बताए । उनले भने, ‘कुरा गर्ने मान्छेहरु कुरा गरिरहेका छन् । सरकारले काम गरिरहेको छ । दुरगामी असर पार्ने कदमहरु चालेको छ ।’

प्रधानमन्त्री ओलीले विद्युतीय बसका लागि छुट्याएको रकम खर्च हुन नसकेकामा चिन्ता गर्दै यसप्रति पनि सकार सचेत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्