अमेरिकामा चौथो ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुने

काठमाडौं, कात्तिक ३ । अमेरिकामा चौथो ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुने भएको छ ।
विगत तिन वर्षदेखि आयोजना हुँदै आएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ भने चौथो संस्करण हो । यो अवार्ड अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा हुने छ ।


आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि अवार्डको चौथो संस्करणको बारेमा जानकारी गराइएको हो । यही नोभेम्बेर ३० देखि डिसेम्बर १ सम्म अवार्ड हुनेछ ।

ग्लोबल नेपाली फिल्म अवार्ड, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकरको मुख्य आयोजनामा हुन लागेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा अमेरिकामा बसोेबास गर्ने फिल्मकर्मी र नेपालबाट केही कलाकार, निर्माता तथा निर्देशकको उपस्थिति रहने नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए । अवार्डलाई सम्भ र भव्य बनाइने पनि उनले बताए ।

नेपाली फिल्मकर्मीहरुलाई सम्मान, नेपाली फिल्मलाई डायस्पोरामा प्रबद्र्धन, पुरस्कार र प्रोत्साहनका साथै विशुद्ध नेपाली फिल्मको बजार प्रबद्र्धन, फिल्म टुरिजमको बिषयमा अन्तरक्रिया, कलाकार पुनर्मिलन र फिल्म पर्यटन तथा ‘भिजिट नेपाल २०२०’ को पूर्वसन्ध्यामा नेपालमा अधिक मात्रामा पर्यटन भित्राउने अवार्डको उद्देश्य रहेको अध्यक्ष मल्लले बताए ।

वरिष्ठ कलाकार निर शाहले विदेशमा गरिने फिल्म अवार्डले बदनाम गराएको भन्दै यस्ता कार्यक्रमहरुमा नाममा मानव तस्करी हुने गरेको आरोप लगाए । शाहले फिल्म वितरक र हलहरु शहरहरुमा मात्र सिमित रहेको नेपाली फिलीमलाई असाध्यै माया गर्ने ठुलो दर्शक गाउँ र दुरदराजमा रहेको हुँदा यस्ता कुरामा ध्यान दिनुपर्ने बताए । े

नेपालका कार्यक्रम संयोजक मदु कुमार श्रेष्ठले हाल अवार्डको तयारी तीव्र रुपमा चलिरहेको बताए । नेपाली फिल्मलाई विश्व बजारसम्म फैलाउने मुख्य उद्येश्यले अवार्डको आयोजना गर्न लागेको उनी बताउँछन् । ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ र कलाकार संयोजकमा श्याम भट्टराई रहेका छन् । अवार्ड कार्यक्रम बर्कलीको युसी थिएटरमा हुनेछ ।

कार्यक्रममा गोल्डन स्टेट मुभी मेकर एल सिसि, युएसएका अध्यक्ष यज्ञलाले श्रेष्ठले पनि बोलनु भएको थियो ।

‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा अमेरिकामा बसोबास गर्ने नेपाली कलाकारहरुले आफ्नो प्रस्तुती दिने कार्यक्रममा जानकारी गराउको थियो ।

डिसेम्बर १ मा ‘भिजिट नेपाल २०२०’ लाई प्रचार गर्ने उदेश्यले कलाकारसहितको सहभागितामा बर्कली सिटीको मुख्य सडक नै बन्द गरेर ‘नेपाल डे परेड’ मनाइने फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए । युसी थिएटरमा पहिलो पटक नेपाली कार्यक्रम हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्