सांसद गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतको आदेश

काठमाडौं , कात्तिक ३ । सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

ज्यान मार्ने उद्योगमा वारेन्ट जारी भएपछि उनी आइतबार जिल्ला अदालत, काठमाडौं हाजिर भएका थिए ।

थुनछेक बहसपछि साधारण तारेखमा छाड्ने आदेश भएको अदालतका शाखा अधिकृत ज्ञानेन्द्र कार्कीर्ले बताए ।

दोलखाका वीरध्वज खड्काले आफ्नो ज्यान मार्ने उद्योग गरेको आरोपमा सांसद गुरुङसहित ७ जनाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।

यता सांसद गुरूङले यो राजनीतिक प्रकृतिको मुद्दा भएको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्