नेकपाका सांसद पार्वत गुरुङ अदालतमा हाजिर
काठमाडौँ , कात्तिक ३ । नेकपाका सांसद पार्वत गुरुङ अदालत हाजिर भएका छन् । ज्यानमार्ने उद्योगमा किटानी जाहेरी परेपछि पक्राउ पूर्जी जारी गरिएपछि सांसद गुरुङ अदालत हाजिर भएका हुन् ।
नेकपाका कार्यकर्ता वीरध्वज खड्काले संघीय संसदका सदस्य गुरुङसहितले आफ्नो हत्या प्रयास गरेको भन्दै गौशाला प्रहरीमा किटानी जाहेरी दिएका थिए ।
त्यसपछि प्रहरीले कात्तिक १४ गतेसम्मको म्यादसहितको पक्राउ पूर्जी जारी गरेको थियो । सांसद गुरुङ आफै आइतबार जिल्ला अदालत काठमाडौँमा हाजिर भएका हुन् ।
नेकपाका दोलखाबाट निर्वा्चित सांसद गुरुङमाथि तत्कालीन माओवादीका कार्यकर्ता वीरध्वज खड्काले हत्या प्रयासको आरोप लगाएका हुन् ।
उनीमाथि २०७४ को चुनावअघि गौशालमा सार्वजनिक यातायातमा रहेका बेला कुटपिट भएको थियो । सोही घटनालाई लिएर सांसद गुरुङविरुद्ध किटानी जाहेरी भएको हो ।
प्रतिक्रिया दिनुहोस्