मधेसको गरिबी र अशिक्षाको स्तर सुधार गर्न लागिपरेका छौँः मन्त्री पण्डित

काठमाडौं, कात्तिक २ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मधेसको गरिबी र अशिक्षाको स्तर सुधार गर्न सरकार लागिपरेको बताएका छन् ।

सर्लाहीको बसबरिया गाउँपालिका–४, गोनर्वामा निर्मित राम जानकी धर्मशालाको शनिवार उद्घाटन गर्दै मन्त्री पण्डितले यस्तो बताएका हुन् । उनले गरिबी र अशिक्षाको दर घटाउन स्थानीय सरकार अझ् बढी जिम्मेवार बन्नु पर्नेमा जोड दिए ।

मन्त्री पण्डितले मधेसको विकासप्रति सरकारको चासो र चिन्ता रहेको उल्लेख गर्दै राजनीतिक किचलो र भ्रष्टाचारका कारण मधेस पछाडि परेकोमो चिन्ता व्यक्त सोत गरे ।

उनले कर्मचारीलाई सेवाभाव राखी अनियमितता र भ्रष्टाचारमा संलग्न नभई सहज रुपमा सेवा प्रवाह गर्न आग्रह गरे । नेता र जनप्रतिनिधिमा पनि असल राजनीतिक संस्कारको विकास हुनुपर्नेमा मन्त्री पण्डितले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्