चिनियाँ राष्ट्रपति नेपाल आउँदा विश्वको आँखा नेपालमा प¥यो : नेता नेपाल
काठमाडौं ,कात्तिक २ । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चिनियाँ राष्ट्रपति दुई दिने नेपालको राजकीय भ्रमणमा आउँदा विश्वको आँखा नेपालतर्फ परेको बताएका छन् ।
उनले नेपालले सबैसँग मित्रवत सम्बन्ध कायम गर्दै अघि बढ्नुपर्ने जिकिर गर्दै चिनियाँ राष्ट्रपतिको भ्रमणले विश्वको आँखा नेपालतर्फ परेको बताएका हुन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै नेता नेपालले नेपालीमा रहेको ज्ञान, क्षमता, सिप र खुबीलाई नेपालमै प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।
अब आफूहरुको लक्ष्य भनेको नै सामाजिक तथा आर्थिक रुपान्तरण नै भएकोले यसतर्फ सबैले आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनुपर्नेमा उनको भनाइ रहेको थियो ।
मुलुकलाई समृद्धि र विकासको पथमा अघि बढाउन अहिलेको समय अनुकुल रहेकोले यसतर्फ सरकार बढि केन्द्रित हुनुपर्ने नेता नेपालको सुझाव छ ।
साथै उनले नेपाली युवा जनशक्तिलाई रोजगारीको लागि विदेशिनबाट सरकारले रोक्नुपर्ने र यसको लागि नेपालमै रोजगारी दिने वातावरण बनाउनुपर्ने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्