शिक्षाको गुणस्तरमा सुधारः अब्बल बन्दै सामुदायिक विद्यालय

काठमाडौं, कात्तिक २ । शिक्षाको गुणस्तरमा सुधार आएपछि जिल्लाका सामुदायिक विद्यालय अब्बल बन्दै जान थालेका छन् । सुधार आएपछि पठनपाठनको क्षेत्रमा अग्रणी बन्नदै जान थालेका छन् ।

अहिले कक्षा ११ र १२ को परीक्षामा सामुदायिक विद्यालयले शतप्रतिशत नतिजा ल्याउन थालेका छन्।

शुक्लाफाँटा नगरपालिकाको कसरौलमा रहेको बैजनाथ माध्यमिक विद्यालयको कक्षा १२ को बोर्ड परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। विद्यालयबाट परीक्षामा सहभागी भएका ५६ विद्यार्थी सबै उत्तीर्ण भएका हुन्।

विद्यालयमा कक्षा १२ मा भर्ना भएका ७८ मध्ये ६१ले रजिष्ट्रेशन फार्म भरेका थिए। तीमध्ये परीक्षामा सहभागी ५६ मात्रै भएका छन्।

उत्तीर्ण भएकामध्ये नियमिततर्फ २५ र सवलीकरणमा अन्य परीक्षार्थी उत्तीर्ण भएका विद्यालयका निमित्त प्रद्यानाअध्यापक वीरेन्द्रबहादुर सिंहले बताए।

तीन वर्षअघि आएको नयाँ विद्यालय व्यवस्थापन समितिको चुस्त व्यवस्थापन र शिक्षाको गुणस्तरका लागि खेलेको अथक प्रयासले सामुदायिक विद्यालयमध्ये यो विद्यालय अब्बल रहेको उनको भनाइ छ।
विद्यालयमा पठनपाठनका लागि जोड दिइएपछि निजीभन्दा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी अब्बल हुन थालेका विद्यालयका प्रधानाध्यापक राजेन्द्रबहादुर ऐरले बताए।

विद्यालयमा पढ्दै आएका विद्यार्थीको उत्तीर्ण सङ्ख्या ७५ प्रतिशत पुगेको छ । विगतमा उत्तीर्ण सङ्ख्या ४० प्रतिशतको हाराहारीमा रहँदै आए पनि हाल दक्ष्य शिक्षकसँगै पठनपाठनका लागि राम्रो वातावरण कार्य गरिएपछि विद्यार्थीको उत्तिर्ण प्रतिशत बढ्दै जान थालेको हो ।

प्रतिक्रिया दिनुहोस्