तुलसीको पातमा औषधीय गुण, यस्ता छन् सेवनका फाइदा

काठमाडौं । तुलसीको पातमा औषधीय गुण हुन्छ । जुन कुरा धेरै कमलाई थाहा हुन सक्छ । तुलसीको प्रयोगले जाडोबाट बचाउनुका साथै खोकी, दाँत तथा स्वासप्रश्वासम्बन्धी रोगलाई पनि निको पार्ने गर्छ । यसको नियमित प्रयोगले मानिसमा रोगप्रतिरोधी क्षमता पनि बढाउँछ । यस्ता छन् तुलसीको पात सेवनका फाइदा :

मधुमेहको खतरा कम गर्छ

तुलसीको पातमा युजिनोल, मिथाइल युजिनल र केरियोफिलिन हुन्छ । जसको कारण प्यान्क्रियटिक बिटा सेल्सले शरीरमा राम्रो काम गर्न थाल्छ । जसले शरीरमा इन्सुलिनको पनि स्वाभाविक विकास हुन्छ । यसो हुँदा रगतमा चिनीको मात्रा सन्तुलित हुन्छ । जसकारण मानिस मधुमेहको रोगबाट बच्न सक्छ ।

तनावबाट छुटकारा
विभिन्न अनुसन्धानअनुसार तुलसीको पातमा तनाव कम गर्ने हर्मोन कार्टिसोल पाइन्छ । दैनिक १२ वटा तुलसीको पात सेवन गरेमा तनावबाट छुटकारा पाउन सकिन्छ ।

क्यान्सरको खतरा दूर
तुलसीमा एन्टिअक्सिडेन्ट र एन्टिकर्सिनोजेनिक गुण हुन्छ । जसले स्तन र मुखको क्यान्सर हुनबाट जोगाउँछ ।

तुलसीको १० वटा पात र ल्वाङलाई एक ग्लास पानीमा उमाल्नुहोस् । अनि त्यसमा सिदेनुन पनि राख्नुस् । यसरी उमालेको पानी पिउँदा शरीरलाई न्यानो राख्न मद्दत गर्छ ।

पेटको समस्या छ ?
तुलसीको रस पिउनाले पेटको समस्याबाट पनि मुक्ति पाइन्छ । तुलसीको पातको नियमित सेवन गर्दा समयमा भोक लाग्ने, कार्यक्षमतामा विकास हुने, रगतमा कोलस्ट्रोलको मात्रा कम गर्ने हुन्छ । त्यस्तै, ग्यास्ट्रिक, पेटको दुखाइ, कोलाइटिसजस्ता रोग पनि निको पार्ने काम गर्छ ।

टाउको दुखाइबाट राहत
यदि तपाईंमा साइनसिस, एलर्जी, टाउको दुखाइको समस्या छ भने पनि तुलसीको प्रयोग गर्न सक्नुहुन्छ । तुलसीको पातलाई पानीमा उमालेर पिउँदा यस्तो समस्याबाट बच्न सकिन्छ ।

छालाको समस्याबाट मुक्त
छालासम्बन्धी विविध रोग छ भने त्यसलाई तुलसीको मद्दतले निको पार्न सकिन्छ । दाद, एलर्जी भएको ठाउँमा तुलसीको पात मिचेर लगाउँदा यस्तो समस्याबाट मुक्त हुन सकिन्छ । त्यस्तै, सुत्नुअघि अनुहार र छालामा तुलसीको तेल लगाउन पनि सकिन्छ ।

रोगप्रतिरोधी क्षमता बढाउँछ
तुलसीको पातलाई धुनुहोस् र चपाएर मनतातो पानीसँग पिउनुहोस् । त्यसको ३० मिनेटसम्म केही पनि नखानुस् । नियमित रूपमा एक महिनासम्म यस्तो गतिविधि गरेमा शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्